Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिउखु किसानको आन्दोलनमा पुगे कांग्रेस वरिष्ठ नेता पौडेल

उखु किसानको आन्दोलनमा पुगे कांग्रेस वरिष्ठ नेता पौडेल


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका छन् ।

चिनी उद्योगले उखुको रकम नदिएपछि गत आइतबारदेखि काठमाडौंको माइतीघरमा उखु किसानहरु आन्दोलनरत छन् । नेता पौडेलले किसानसँगै धर्नामा बसेर उखु किसानको आन्दोलनमा साथ दिए ।

नेता पौडेलले समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्ने प्रश्न गरेका छन् । ‘राज्यको यत्रो संयन्त्र हुँदाहुँदै कसरी उम्कन्छन् व्यापारी ? त्यसैले कांग्रेस पनि यो आन्दोलनमा छ’ उनले भने ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार