गृहपृष्ठ ∕ राजनीति ∕ संवैधानिक परिषदमा पर्याप्त परामर्श नहुँदा उपस्थित भएन – सभामुख सापकोटा संवैधानिक परिषदमा पर्याप्त परामर्श नहुँदा उपस्थित भएन – सभामुख सापकोटा दीप संञ्चार मंसीर ३०, २०७७ गते १९:०५ मा प्रकाशित काठमाडौं – पर्याप्त गृहकार्य र परामर्श नभएका कारण सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएको उनको सचिवालयले बताएको छ ।प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सापकोटा अनुपस्थित भएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा गुटको सल्लाहमा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएको भन्दै सभामुखको आलोचना भएको छ ।तर सभामुखको निजी सचिवालयले भने पर्याप्त गृहकार्य र परामर्श नभएकाले बैठकमा नगएको स्पष्टिकरण दिएको छ ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी वक्तव्यमा भनिएको छ, जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।’राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको मान्यता रहेको उनले बताए ।‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नुभएको छ’ वक्तव्यमा भनिएको छ ।सरकारले भने अध्यक्षसहित बहुमत सदस्यको उपस्थितमै बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्नेप्रतिनिधि सभाको भोली बस्ने बैठकको कार्यसुचीमा एमसीसी पर्यो ?कमल थापाले छोडे राप्रपा !वामदेव गौतम : एमसीसी फिर्ता लैजाऊ धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ६गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने प्रतिनिधि सभाको भोली बस्ने बैठकको कार्यसुचीमा एमसीसी पर्यो ? खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्दै फ्रान्स एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे शनिवार गोष्ठी गर्दै कमल थापाले छोडे राप्रपा ! एकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु युक्रेन तनाव : मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु