गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी दीप संञ्चार कात्तिक २३, २०७७ गते ८:२४ मा प्रकाशित वासिंटन — अमेरिकी सभामुख नान्सी पेलोसीले जो बाइडेन विजयी भएको बताएकी छन् । मतगणना सकिनै लाग्दा डेमोक्रेटिक नेत्री पेलोसीले यस्तो घोषणा गरेकी हुन् ।तर आधिकारिक रुपमा आएका सूचना अनुसार मतगणना अन्तिम चरणमा पुगेको र जो बाइडेन जितनजिक पुगेको बताइएको छ । ‘यो बिहान यो कुराको स्पष्ट भइसकेको छ कि बाइडेन र ह्यारिसले ह्वाइटहाउसमा जित्दैछन्,’ पेलोसीले भनिन् । चुनाव जिताउन निर्णायक राज्य मानिएको पेन्सिल्भेनियाको गणनामा बाइडेनले जितेपछि अब उनले नै चुनाव जित्ने पक्कापक्की भएको बताइन्छ ।साथै पेलोसीले यो देशकै लागि खुसीको दिन भएको पनि बताइन् । ‘हाम्रो देशका लागि खुसीको दिन। जो बाइडेन एक साधारण छन् । किनकि उनी जनतालाई एकै ठाउँमा ल्याउन प्रतिवद्ध छन्,’ पेलोसीले भनिन् ।अमेरिकामा राष्ट्रपतिमा निर्वाचित बन्न कम्तिमा २ सय ७० इलेक्टोरल भोट आवस्यक पर्छ । मतगणना अन्तिम चरणमा पुग्दा बाइडेनले २ सय ५३ भोट ल्याइसकेका छन् । जबकि ट्रम्पले २ सय १४ भोट मात्रै पाएका छन् ।अमेरिकी चुनावको इतिहासमा यसपटकको निर्वाचनलाई ऐतिहासिक पनि मानिएको छ । सबैभन्दा धेरै मतदाता भएकाले र महामारीका बीच गरिएकाले पनि । साथै यसपटक हुलाकबाट पनि मतदान भयो । राष्ट्रपति ट्रम्प भने हुलाकबाट मतदान गर्ने प्रक्रियाको विपक्षमा थिए ।क्याटेगोरी : ग्लोबल, अमेरिका, राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल