Techie IT
×
गृहपृष्ठराजनीतिम कुनै पनि हालतमा राजिनामा दिन्न – प्रधानमन्त्री ओली

म कुनै पनि हालतमा राजिनामा दिन्न – प्रधानमन्त्री ओली


काठमाडौँ – पार्टी भित्र अनेकन अड्कल बाजी चलि रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन्।

उनले अहिले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु रहेको भन्दै कसैको प्रभावमा परेर राजिनामा नदिने अडान गरेका छन् ।

‘म रहरले प्रधानमन्त्री भएको होइन, जनताका आवश्यकता र समर्थनले भएको हुँ, त्यसैले अहिले मैले राजीनामा दिने कुरै हुँदैन’, प्रधानमन्त्रीले त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै भने ।

उनले राजीनामा दिन थालेको भन्दै चलेका हल्ला निराधार रहेको बताए।

‘सञ्चारमाध्यममा राजीनामा दिन पर्यो भन्ने हल्ला फैलिसक्छ, तपाईँहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन मिल्छ?, अहिले मैले राजीनामा दिनुभनेको देशलाई बरबादीतिर जान दिनु हो । त्यसैले मेरा लागि हैन देशका लागि म अहिले राजीनामा दिनेवाला छैन’, ओलीले भने।

उनले आफूलाई हटाउने चलखेल भइरहको बताउँदै यस्ता चलखेलहरु भित्र-बाहिर भइरहने तर अन्तिममा केही नहुने बताए।

‘म जालझेल गरेर, तिगडम गरेर आएको होइन, जनताको व्यापक समर्थनबाट आएको हुँ, त्यसैले सरकार फेरिन्छ कि, केही हुन्छ कि भन्ने कुराबाट प्रभावित नहुन आग्रह गर्छु’, ओलीले भने।

केही दिनअघि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुँदा गरिएको सहमतिअनुसार साढे दुई वर्ष बितेकाले प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका थिए।

२०७५ जेठ ३ गते पार्टी एकता हुँदा ओली र दाहालले आधा आधा सयम प्रधानमन्त्री हुने लिखित सहमति गरे पनि पछि दाहालकै प्रस्तावमा ओली पाँचै वर्ष प्रधानमन्त्री बन्ने निर्णय सचिवालयले गरेको थियो।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस