Techie IT
×
गृहपृष्ठराजनीतिविवेकशील नेपाली दलको जिल्ला समिति गठन 

विवेकशील नेपाली दलको जिल्ला समिति गठन 


काठमाडौं – विवेकशील नेपाली दलले जिल्ला, नगर र गाँउस्तरमा संगठन विस्तारमा तिब्रता दिएको छ । दलले गोरखामा आईतबार दिनेश गिरिको अध्यक्षतमा १५ सदस्यीय तदर्थ समिती गठन गरे सँगै यस्लाई निरन्तरता दिएको हो ।

आफ्नो दल नेपालको राजनीतिमा उन्नत सहभागिता मुलक लोकतन्त्र र गतिशील लोकतान्त्रिक बहुलवादको वकालत गर्दै, नीतिगत र कार्यशैलीमा फरक रहेको दाबी गर्दै दलका प्रवास नेता सुरेश भट्टले अहिले जिल्ला नगर र गाँउस्तरमा संगठन विस्तारमा सक्रिय संगठन संरचना निर्माणमा लागेको जानकारी दिए ।

विवेकशील साझाबाट अलग्गिए पछी गोरखामा खासै विवेकशील नेपाली दलले सक्रियता देखाउन सकेको थिएन । अहिले गिरीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएपछी दल जिल्लामा विकल्पका रुपमा देखा पर्ने आशा केन्द्रीय सदस्य शिशिर बञ्जाराले बताए ।

आज गठन तदर्थ समितिको उपाध्यक्षमा सजिना बञ्जारा, सचिवमा मनोज खड्का, कोषाध्यक्षमा शोभा खनाल छन् । समिति सदस्यहरुमा समिक्षा श्रेष्ठ, विप्लव अर्याल, राम लामिछाने, समिक्षा बाँनीया, उज्वल लामिछाने, भुवन बञ्जारा, किरण खड्का, सञ्जीव श्रेष्ठ, विव‍ेक लामिछाने, सन्दिप खनाल र सुदीप दुवाडी छन् ।

जिल्लाको समिति गठन भएपछी तदर्थ जिल्ला समितिका अध्यक्ष गिरिले सामाजिक संजाल मार्फत सबै खाले जात र भाषाको समुदायलाइ मिलाएर बनाउन नसकेको दुखेसो आएको तर जिल्ला समितिले सदस्य थप गर्ने, सबैको सहभागीता हुने र सबैलाई अपनत्व हुने गरी अघी बढ्नेमा ढुक्क हून सबैमा आग्रह गरेका छन ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस