Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिआयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह

आयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह


काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्ने जिकिर गरेका छन् । लोकसेवा आयोगले विज्ञापन रद्द गरेर करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो नेपाली जनतालाई सह्य नहुने बताउदै यस्तो नगरे थप संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।

“नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको र त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने” 

सोमबार राजधानीको माइतीघर मन्डलामा लोकसेवा आयोगले खोलेको बिज्ञापन विरुद्धको विरोध कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष शाहले नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको दाबी गर्दै त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने बताए ।

“ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना  गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“

लोकसेवा आयोगले निकालेको बिज्ञापन खारेज होइन सम्सोधन गरेर संम्बिधानको मर्म अनुसार समाबेसी बनाउनु पर्छ भन्दै शाहले भने, “ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“

लोक सेवा आयोगले स्थानीय तहका लागि खाेलेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस