Techie IT
×
गृहपृष्ठग्लोबलकाँग्रेस नेता गुरुङ्गले गरे प्रवासका नेतासंग छलफल, प्रवासका सुझाव र समस्यालाई केन्द्र देखि सदन सम्म पुर्याउने प्रतिवध्दता

काँग्रेस नेता गुरुङ्गले गरे प्रवासका नेतासंग छलफल, प्रवासका सुझाव र समस्यालाई केन्द्र देखि सदन सम्म पुर्याउने प्रतिवध्दता


दोहा – नेपली कांग्रेसका यूवा नेता तथा केन्द्रिय सदस्य एवं केन्द्रिय अनुशासन विभाग सदस्य धनराज गुरुङले परदेशमा रहेका नेपाली जनसम्पर्क समितिसंग अनलाईन छलफल गरेका छन् । छलफलमा विश्वभर रहेका जनसम्पर्क समितिका पधादिकारी लगाएत प्रदेशमा रहेका शुभचिन्तक, पत्रकार एवं काँग्रेस निकट सामाजिक अभियन्ताहरु रहेका थिए।

छलफलमा गुरुङ्गले सामाजिक संजालमा व्यक्तिगत चिन्तनबाट माथि उठेर संस्थागत चिन्तनबाट अगाडी बढ्नु पर्ने कुरामा जोड दिदै भने, “अरूर्को सम्मान पाउन सर्वप्रथम हामी अरुलाई सम्मान गर्न सक्नु पदर्छ। त्यसैले सामाजिक संजलको सहि सादुपयोग गरेर पार्टीलाई फाईदा पुग्ने पोस्ट हरुमा ध्यान दिन जरूरीहेको छ।” गुरुङ्गले थपे, “अबको राजनीति पोस्टर, पर्चापप्लेट र भेटघाटले भन्दापनि सामाजिक संजालमा जोड दिने र त्यहीँ बाट प्रचारप्रसार र नेता , नेतृत्व चिनिने अवस्था आएको छ। “

गुरुङ्गले प्रशिक्षणका क्रममा राजनितिक नेतृत्वमा भएका व्यक्तिले समाजमा गरेका र सामाजिक संजालमा पोस्ट गरेका कुराहरुले सिंगो पार्टीलाई नै असर पर्ने हुँदा यो कुरामा सबैको ध्यान जान जरुरी रेहेको बताएका थिए। उनले पछिल्लो पटक रुकुममा घटेको घटनालाई आधार मानी छुवाछुतको अन्त्यको शुरुवात आफैबाट गर्नु पर्ने मा जोड दिदै जिल्लातिर जाँदा आफुले भेटघाट तथा खानपिनको व्यवस्था दलितको घरमा गर्ने गरेको प्रसङ्ग जोडेका थिए। यसबाट सामाजिक सद्भाव बढाउन सहायोग मिल्ने र भेदभाव अन्त्य गर्न सकिने विश्वासव्यक्तगरे।

साथै कार्यक्रममा कोरोना कहर र यस विचमा भएका विविध समस्या र सरकारको उत्तरदायी भूमिकाको बारेमा समेत छलफल भएको थियो। यसै प्रसंगलाई सम्बोधन गर्दै एनआरएनए आइसीसी सल्लाहाकार एवं सामाजिक अभियन्ता कुल आचार्यले स्वदेश फर्किएका नेपालीलाई टेवा पुग्ने गरि ‘एक एनआरएनए, एक रोजगार’ अभियान चलाउनु पर्ने कुरा बताउँदै भने, “खासगरी दक्षिणपूर्वी एशियाली मुलुक मलेसिया, मध्यपूर्व लगायत विश्वको विभिन्न कुनाबाट स्वदेश फर्किनेहरूलाई सरकारले अवसरको रूपमा लिदै रोजगार वा स्वरोजगारको व्यवस्था गर्नु पर्छ। ” उनेले थपे, “काँग्रेस यो विषम परिस्थितिमा एक प्रमुख प्रतिपक्ष मात्र नभई सरकारसंग सहकार्य गर्दै जनताको घाउमा मलम पट्टि लगुन सक्यो भने समृद्धि धेरै टाढा छैन।”

नेपाली काँग्रेसका महासमिति सदस्य एवं जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहाकार विमल सुवेदीले सहजीकरण गरेको कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिका का अध्यक्ष आनन्द विष्ट, नेपाली जनसम्पर्क समिति जर्मनका पूर्व सभापति एवं जनसम्पर्क समिति यूरोप संयोजक दिल गुरुङ्ग, नेपाली जनसम्पर्क समिति हंककंगका पूर्व सभापति कुल प्रसाद गुरुङ्ग लगायतले पार्टिलाई सुध्रिढिकरण गर्न सबै एक ढिक्का हुनुको विकल्प नभएको बताए।

नेविसंघका पूर्व महामन्त्री यादब पण्डित, नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व सभापति गंगाधर गौतम, स्पेनका पूर्व सभापति चिन्तामणि सापकोटा, डेनमार्कका सभापति विरेन्द्र सिंह कार्की, कतारका कार्यवाहक सभापति शंकर न्यौपाने, साइप्रस सभापति सिता अर्याल, बहराइन सभापति पदम सुन्दर गुरुङ्ग, कुवेत सभापतिराजेन्द्र विरही, युएई पूर्व सभापति खेम राज बस्नेत, तमुधि इजराईल अध्यक्ष डम्बर गुरुङ्ग, क्यानडा कार्यवाहक सभापति चन्दा अधिकारी,  कोरिया पूर्व सभापति गिरिराज कुवर, जापानका पूर्व सभापति नारायण सुवेदी, इजराइलका महामन्त्री राज छत्कुली, एनआरएनए मध्यपूर्व यूवा संयोजक राज रेग्मी, नेपाल जेसिसका पूर्व केन्द्रिय अध्यक्ष दिनेश कोइराला, जननी एफएम पोखराकी स्टेसन म्यानेजर विमला भण्डारी, बेलायतका सामाजिक अगुवा हितमान गुरुङ्ग लगायत वक्ताहरुले व्यक्तिगत आचरण, सामाजिक उत्तरर्दायित्व र पार्टी अनुशासनलाई एक साथ लैजान सकियो भने मात्र आम जनताको मन जित्न सकिने कुरामा जोड दिएका थिए।

वक्ताहरुले सामाजिक संजाल प्रयोगमा हुनुपर्ने अनुशासन, कोरोना कहरले निम्त्याएका समस्याहरू र अब संभावित आर्थिक मन्दी लगायत समस्याबाट कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा सुझाव पेश गरेका थिए। साथै बक्ताहरुले नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिमा रही लामो समय देखि काम गरेका सदस्यहरु जो प्रवासमा रहदा पनि नेपाली काँग्रेसको राजनीति र पार्टी संगठन निर्माण मा सक्रिय छन्, उनीहरुलाई थप भूमिका दिने संबन्धमा केन्द्रमा छलफल गर्न सुझाएका थिए ।

अन्त्यमा काँग्रेस केन्द्रिय सदस्य गुरुङ्गले  सल्लाह सुझाव र छलफलको निचोडलाई पार्टी देखि सदन सम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै भर्चुअल कार्यक्रमको समापन गरेका थिए।


क्याटेगोरी : ग्लोबल, राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस