गृहपृष्ठ ∕ राजनीति ∕ युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै – थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै – थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना admin कात्तिक २८, २०७५ गते ७:४२ मा प्रकाशित फेक र स्पाम अकाउन्ट धेरै भएको भन्दै गुगलले त्यस्ता अकाउन्टहरुलाई बन्द गर्न सुरु गर्ने भएको छ । यसरी फेक र स्पाम अकाउन्टहरु हटाउन थालेपछि ठूला देखि साना युट्यूब च्यानलहरुको सब्सक्राइबर घट्न सक्ने सम्भावना रहेको कुरा गुगलले एक आधिकारिक सूचना मार्फत बताएको छ ।कतिपय युट्यूब च्यानलहरुले स्पाम र फेक अकाउन्टको सहायताले सब्सक्राइबर बढाएको भेटिए पछि यस्तो गर्न लागिएको हो । फेक र स्पाम अकाउन्ट हटाएपछि प्रयोगकर्ताहरुमा युट्यूब “फेयर प्लेयिंग फिल्ड” अर्थात् निष्पक्ष प्ल्याटफर्म रहने विश्वास गुगलले राखेको छ ।गुगलले नियमित रुपमा युट्यूब अकाउन्ट र च्यानलको वैधताको जाँच गर्नेछ । अकाउन्टलाई शंकास्पद भेट्नासाथ गुगलले उक्त अकाउन्टलाई डिलिट गरिदिने छ । डिलिट गरिसकेपछि उक्त अकाउन्टबाट गरेका सब्सक्राइब, कमेन्ट, लाइक, डिसलाइक आदि सबै हट्नेछ जसले गर्दा च्यानलको सब्सक्राइबर र भिडियोको लाइक र कमेन्ट घट्ने छ ।गुगलको यस कार्यबाट साना अकाउन्टमात्र नभएर प्युडीपाई र टिसिरिजजस्ता ठूला च्यानलको पनि सब्सक्राइबर घट्ने सम्भावना रहेको छ । उच्च फेक सब्सक्राइबर रहेको र १००० सब्सक्राइबर पनि नपुगेको च्यानललाई युट्यूब पार्टनर प्रोग्रामबाट हटाइनेछ । र त्यस्ता च्यानलले ठीक तरिकाबाट १००० सब्सक्राइबर पाएपछि मात्र पुन: पार्टनर प्रोग्राममा समावेश गरिनेछ । यसबाट असर परेका युट्यूब च्यानलहरुलाई युट्यूब स्टुडियो र क्लासिक क्रियटर स्टुडियो मार्फत जानकारी दिईने ।स्पाम र फेक अकाउन्टले गर्दा साना युट्यूब च्यानल पनि रातारात ठूला हुँदै गएका थिए । ट्वीटरले पनि केहि महिना अगाडी फेक अकाउन्टहरु बन्द गरेको थियो जसले गर्दा निकै प्रचलित भनिएका प्रयोगकर्ताको पनि फलोवर ह्वातै घटेर आएको थियो । यसै गरि फेसबुकले पनि हालसम्म १.३ अर्बवटा फेक अकाउन्ट डिलिट गरिसकेको छ । सन् २०१८ को सुरुको ३ महिनामा मात्रै पनि ५४ करोडवटा फेक फेसबुक अकाउन्टहरु डिलिट भएको थियो ।क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम