गृहपृष्ठ ∕ राजनीति ∕ युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै – थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै – थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना admin कात्तिक २८, २०७५ गते ७:४२ मा प्रकाशित फेक र स्पाम अकाउन्ट धेरै भएको भन्दै गुगलले त्यस्ता अकाउन्टहरुलाई बन्द गर्न सुरु गर्ने भएको छ । यसरी फेक र स्पाम अकाउन्टहरु हटाउन थालेपछि ठूला देखि साना युट्यूब च्यानलहरुको सब्सक्राइबर घट्न सक्ने सम्भावना रहेको कुरा गुगलले एक आधिकारिक सूचना मार्फत बताएको छ ।कतिपय युट्यूब च्यानलहरुले स्पाम र फेक अकाउन्टको सहायताले सब्सक्राइबर बढाएको भेटिए पछि यस्तो गर्न लागिएको हो । फेक र स्पाम अकाउन्ट हटाएपछि प्रयोगकर्ताहरुमा युट्यूब “फेयर प्लेयिंग फिल्ड” अर्थात् निष्पक्ष प्ल्याटफर्म रहने विश्वास गुगलले राखेको छ ।गुगलले नियमित रुपमा युट्यूब अकाउन्ट र च्यानलको वैधताको जाँच गर्नेछ । अकाउन्टलाई शंकास्पद भेट्नासाथ गुगलले उक्त अकाउन्टलाई डिलिट गरिदिने छ । डिलिट गरिसकेपछि उक्त अकाउन्टबाट गरेका सब्सक्राइब, कमेन्ट, लाइक, डिसलाइक आदि सबै हट्नेछ जसले गर्दा च्यानलको सब्सक्राइबर र भिडियोको लाइक र कमेन्ट घट्ने छ ।गुगलको यस कार्यबाट साना अकाउन्टमात्र नभएर प्युडीपाई र टिसिरिजजस्ता ठूला च्यानलको पनि सब्सक्राइबर घट्ने सम्भावना रहेको छ । उच्च फेक सब्सक्राइबर रहेको र १००० सब्सक्राइबर पनि नपुगेको च्यानललाई युट्यूब पार्टनर प्रोग्रामबाट हटाइनेछ । र त्यस्ता च्यानलले ठीक तरिकाबाट १००० सब्सक्राइबर पाएपछि मात्र पुन: पार्टनर प्रोग्राममा समावेश गरिनेछ । यसबाट असर परेका युट्यूब च्यानलहरुलाई युट्यूब स्टुडियो र क्लासिक क्रियटर स्टुडियो मार्फत जानकारी दिईने ।स्पाम र फेक अकाउन्टले गर्दा साना युट्यूब च्यानल पनि रातारात ठूला हुँदै गएका थिए । ट्वीटरले पनि केहि महिना अगाडी फेक अकाउन्टहरु बन्द गरेको थियो जसले गर्दा निकै प्रचलित भनिएका प्रयोगकर्ताको पनि फलोवर ह्वातै घटेर आएको थियो । यसै गरि फेसबुकले पनि हालसम्म १.३ अर्बवटा फेक अकाउन्ट डिलिट गरिसकेको छ । सन् २०१८ को सुरुको ३ महिनामा मात्रै पनि ५४ करोडवटा फेक फेसबुक अकाउन्टहरु डिलिट भएको थियो ।क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ