गृहपृष्ठ ∕ राजनीति ∕ युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै – थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै – थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना admin कात्तिक २८, २०७५ गते ७:४२ मा प्रकाशित फेक र स्पाम अकाउन्ट धेरै भएको भन्दै गुगलले त्यस्ता अकाउन्टहरुलाई बन्द गर्न सुरु गर्ने भएको छ । यसरी फेक र स्पाम अकाउन्टहरु हटाउन थालेपछि ठूला देखि साना युट्यूब च्यानलहरुको सब्सक्राइबर घट्न सक्ने सम्भावना रहेको कुरा गुगलले एक आधिकारिक सूचना मार्फत बताएको छ ।कतिपय युट्यूब च्यानलहरुले स्पाम र फेक अकाउन्टको सहायताले सब्सक्राइबर बढाएको भेटिए पछि यस्तो गर्न लागिएको हो । फेक र स्पाम अकाउन्ट हटाएपछि प्रयोगकर्ताहरुमा युट्यूब “फेयर प्लेयिंग फिल्ड” अर्थात् निष्पक्ष प्ल्याटफर्म रहने विश्वास गुगलले राखेको छ ।गुगलले नियमित रुपमा युट्यूब अकाउन्ट र च्यानलको वैधताको जाँच गर्नेछ । अकाउन्टलाई शंकास्पद भेट्नासाथ गुगलले उक्त अकाउन्टलाई डिलिट गरिदिने छ । डिलिट गरिसकेपछि उक्त अकाउन्टबाट गरेका सब्सक्राइब, कमेन्ट, लाइक, डिसलाइक आदि सबै हट्नेछ जसले गर्दा च्यानलको सब्सक्राइबर र भिडियोको लाइक र कमेन्ट घट्ने छ ।गुगलको यस कार्यबाट साना अकाउन्टमात्र नभएर प्युडीपाई र टिसिरिजजस्ता ठूला च्यानलको पनि सब्सक्राइबर घट्ने सम्भावना रहेको छ । उच्च फेक सब्सक्राइबर रहेको र १००० सब्सक्राइबर पनि नपुगेको च्यानललाई युट्यूब पार्टनर प्रोग्रामबाट हटाइनेछ । र त्यस्ता च्यानलले ठीक तरिकाबाट १००० सब्सक्राइबर पाएपछि मात्र पुन: पार्टनर प्रोग्राममा समावेश गरिनेछ । यसबाट असर परेका युट्यूब च्यानलहरुलाई युट्यूब स्टुडियो र क्लासिक क्रियटर स्टुडियो मार्फत जानकारी दिईने ।स्पाम र फेक अकाउन्टले गर्दा साना युट्यूब च्यानल पनि रातारात ठूला हुँदै गएका थिए । ट्वीटरले पनि केहि महिना अगाडी फेक अकाउन्टहरु बन्द गरेको थियो जसले गर्दा निकै प्रचलित भनिएका प्रयोगकर्ताको पनि फलोवर ह्वातै घटेर आएको थियो । यसै गरि फेसबुकले पनि हालसम्म १.३ अर्बवटा फेक अकाउन्ट डिलिट गरिसकेको छ । सन् २०१८ को सुरुको ३ महिनामा मात्रै पनि ५४ करोडवटा फेक फेसबुक अकाउन्टहरु डिलिट भएको थियो ।क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै