Techie IT
×
गृहपृष्ठराजनीतिकोरोना कहर : विवेकशीलले लियो ७ राष्ट्रका नेपालीहरुको विशेष जानाकारी

कोरोना कहर : विवेकशीलले लियो ७ राष्ट्रका नेपालीहरुको विशेष जानाकारी


काठमाडौं – अहिले विश्व कोरोना कहरले निकै कारुणिक र दर्दनाक हुदैं गएको अवस्थामा विवेकशील नेपालीले प्रवासले विभिन्न देशमा रहेका नेपालीहरुको जानकारी र त्यस देशमा रहेका नेपालीको समस्या समाधानको को विकल्प खोज्ने प्रयास शुरु गरेको छ।

विवेकशील नेपालीले देशमा रहेको राजनीति र सरकारको काम कारवाही निकै दयनीय, अनेपेक्षाकृत र गैर जिम्मेवारी पूर्ण रहेको औंलाउंँदै अब जनताले नै आफ्नो समस्याको आवाज उठाउन पर्ने जनाएको छ।

यता मध्यपूर्वका देशहरूमा नेपाली श्रमिकहरूकाे अवस्था दिनानुदिन विग्रदैं जाने र ति देशका नेपाली राजदूतावासले नेपाल सरकारसंग खासै जानकारीमा आउने गरी र श्रमिकको आत्मबल वृद्दि हुने हिसाबले सूचना प्रवाह नगर्नाले विवेकशील नेपालीले थप कदम चाल्ने, र विवेकशील नेपाली सधैं जनताकै साथमा उभिने विवेकशील नेपाली प्रवासका नेता सुरेश भट्ट आश्रिनले बताएका छन्।

विवेकशील नेपाली प्रवासले विभिन्न ७ मुलुकमा रहेका आफ्ना प्रतिनिधिहरु संग लिएको जानकारी जस्ताको त्यस्तै :

  •  युएई : नवराज कार्की

युएई दूतावासले सूचना दिए अनुसार १२ नेपालीहरूमा कोरोना भाइरसको संक्रमण भएको भन्ने भनाई छ l तर गैर आवासीय नेपाली संघ युएई र विवेकशील नेपालीलाई युएईमा रहेका विभिन्न नेपाली समुदायका माध्यमबाट पाएको जानकारी अनुसार हाल सम्म ७१ जाना संक्रमित नेपालीहरू सम्पर्कमा आएका छन्। जसमध्य १ नेपाली झापा र २ नेपाली संखुवासभाका रहेका छन्, हालसम्म २ नेपालीको मृत्य भएको छ l नेपाली दूतावासले खासै अभिभावकत्वको भूमिका निभान नसकेको जनगुनासो रहेको छ।

  • कतार : कल्याण थापा

कतार सरकारको सम्बधित निकाएले गत आईतबार दिएइएको पछिल्लो तथ्यांक अनुसार अहिले सम्म सङ्क्रमितकाे सङ्ख्या ५ हजुर ४ सय ४८ पुगको छ भने ५ सय १८ जनाले स्वास्थ्य लाभ गरेका छन्।  हाल सम्म ८ जनाले ज्यान गुमाएका छन् । नेपाली संक्रमितको तथ्यांक नेपाली राज दूतावाससंग नभए पनि संक्रमित नेपालीहरु सम्पर्कमा आउने गरेको दूतावासले जनाएको छ। देशकाे ठूलो अधोगिक क्षत्रकाे आधा जस्ताे भाग करिब एक महिनाकाट लकडाउन भए पनि पूरै देश लकडाउन गरिएको छैन। 

पछिल्लो एक हाप्ता देखि कोरोना संक्रिमितको संख्या केहि उच्च हुँदै ५ सय ६० प्रति दिन सम्म बढेको थियो । सेमी लकडाउन भए पनि राष्ट्रिय गाैरवका आयाेजनाहरु उच्च सतर्कताका साथ चलिरहेको छ। सैलुन, मनिट्रान्सफर, क्लिनिङ्ग कम्पनि, व्युटि सेन्टर आदि पूर्ण बन्द छन्। किराना पसल, औंषधि पसल आदि खुल्ला छन।

केहि नेपाली उडान खुले स्वदेश फर्कन हुन्थ्याे भनेर बसिरहेका छन्। धेरैकाे काम बन्द भएकाे र तलब नपाउने जस्ता समस्या हरु पनि छन्। खानलाई नै समस्या परेका व्यक्तिहरुलाई विविन्न संस्था जस्तै एनआरएनएले कतार च्यारिटि संगको समन्वमा राहत वितरण गरिरहेकाे पनि छ। हाल लाई समस्या धेरै नदेखिए पनि केही पछि धेरै राेजगारदाताले कामदार कटाैति गर्ने हुन सक्छ र धेरै जनाकाे राेजगारि गुम्ने तथा कैयाैं व्यक्तिहरु विदेशकाे असुरक्षित बसाइ भन्दा आफै स्वदेश जाने स्वनिर्णयले यहाँकाे बसाई मार्नुपर्ने देखिन्छ। नेपाली राजदूतावासले  आफ्नो भूमिका राम्रोसंग खेल्न नसकेको जनगुनासो रहँदै आएको छ।  

  • अमेरिका : विजय गौतम 

अमेरीकामा हाल सम्म १ नेपालीको मृत्य भएको खबर छ l संक्रमितको संख्या कती छ भन्ने एकिन छैन l तर संघसंस्थाहरुको जानकरी अनुसार ठूलै संख्यामा कोरोना संक्रमित रहेको जानकारी प्राप्त भएको छ l अमेरिकी आन्तरिक राजस्व विभाग आईआरएसले भने फारम भरेका पीडित सबैलाई पाँचसय देखि १२ सय डलर सम्म सहयोग प्रदान गरेको छ l दूतावासले टिम बनाई मेडिकल काउन्सिलिङ्ग गर्दै गरेको छ l

  • जर्मन : कर्मा लामा

जर्मनमा हाल सम्म कूनैपनी नेपाली नागरिकळाइ कोरोनाको संक्रमण भएको खबर छैन l जर्मनको सरकारले उच्च सतर्कता आपनाएर बेलैमा काम गरेकाले अहिले अवस्था सामान्य छ l एक दुइ दिनमा पूरानै अवस्था आउने र स्कूल लगायत खुल्ला रहने छ l समस्या भएका व्यापारी र कामदारलाई पूर्ण सहयोग गरेको छ l

  • साउदी : रविन गुरूङ्ग

हाल साउदिमा ४ जना नेपालीहरू संक्रमित भएको विवरण नखुलाई दूतावासले सूचना दीएको छ l तर नेपाली कामदार निकै भएको कारणले गर्दा र विरामीको संख्या धेरै भएकाले नेपालीहरूको थप संक्रमित भएको हुनसक्छ l दूतावासले उल्लेखनीय भूमिका निभाई श्रमिकको अवस्था बारे बुझेको देखीएन l

  • भारत : राज क्षेत्रि

भारत हल्लाको भरमा चलेको छ l यहाँको दूतावास संग न भारतमा रहेका नेपालीहरूको कूनै संख्या छ, न त कोरोना संक्रमित नेपालीको संख्या नै, अस्तव्यस्त अवस्थामा नेपालीहरू रहेका छन् अधिकांस अलपत्र छन् तर नेपाली सामाजिक संस्था सक्रिय हूनाले खबर प्राप्त भए र क्षमताले भ्याउनेजति सहयोग गर्दै आएका छन् भने विवेकशील नेपाली भारतले हटलाइन उपलब्ध गरी सहयोगी भूमिका निभाई आएको छ l ब्यङ्लोरमा २ नेपाली दम्पतिमा संक्रमण देखिएको विवेकशील ब्यङ्लोर टिमले जानाकारी दिएको छ l

  • ओमान : राजेन्द्र  सिलवाल 

मध्यपूर्व मध्य ओमानमा नेपाली राजदूतावासले उत्कृष्ट कार्य भूमिका निभाएको देखिन्छ l तर ओमानमा रहेका १७ हजार नेपालीहरू मध्य २०% नेपालीहरू घर फर्किन चाहेको जानकरी प्राप्त भएको छ l सामाजिक संस्थाहरूको ग्रुप हेर्दा ५ जना नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको भनिए पनी पुष्टि भएको खबर प्राप्त भएको छैन l

विवेकशील नेपाली प्रवासले छिटैनै ति देशहरुका नेपाली राजदूतावाससंग कुरागरी नेपाली श्रमिकहरूकाे अवस्था बारे आवश्यक पहलकदमी चाल्न अनुरोध गर्ने विवेकशील नेपाली प्रवासका प्रमुख नेता सुरेश भट्ट आश्रिनले जानकरी गरेका छन्, भने श्रमिकको आवाज उठाउन र नेपालमा परराष्ट मंत्रालयले उचित समन्वय गर्ने प्रवासका अर्का नेता जीवन कार्कि बताउँछन्।  भर्चुअल बैठक प्रवासका अध्यक्ष संजय रिमालको अगुवाईमा भएको थियो l


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस