Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिकांग्रेसका जिल्ला सभापतिहरूको माग : ७७ जिल्लामै कोरोना परीक्षण गर्नुपर्छ

कांग्रेसका जिल्ला सभापतिहरूको माग : ७७ जिल्लामै कोरोना परीक्षण गर्नुपर्छ


काठमाडौंं – पाली कांग्रेसका जिल्ला सभापतिहरूले ७७ जिल्लामै कोरोनाभाइरस परीक्षण गर्न सक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

आइतबार ७७ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकाल्दै सबै जिल्लामा कोरोना परीक्षण पहुँच विस्तार गर्न माग गरेका हुन्।

‘देशका सबै जिल्लाहरूमा कोरोना परीक्षणको पहुँच व्यापक रूपमा विस्तार गर्नु पर्दछ,’ जिल्ला सभापतिहरूले निकालेको विज्ञप्तिको चार नम्बर बुँदामा भनिएको छ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई सुरक्षा उपकरण, बीमा र थप सुविधा उपलब्ध गराउन उनीहरूको माग छ।

धार्चुलामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने र क्वारेन्टाइमा राख्नुपर्ने माग जिल्ला सभापतिहरूको छ।

स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिन नहुने उनीहरूको भनाइ छ।

श्रमजीविलगायत विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन पनि जिल्ला सभापतिहरूको माग छ।

यस्तो छ विज्ञप्ति:


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस