गृहपृष्ठ ∕ राजनीति ∕ संविधान संशोधन हुन सक्छ : उपसभामुख तुम्बाहाम्फे संविधान संशोधन हुन सक्छ : उपसभामुख तुम्बाहाम्फे admin मंसीर २, २०७५ गते ७:४२ मा प्रकाशित लन्डन- बेलायत भ्रमणमा रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अन्तरक्रिया गरेको छ। कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले एनआरएन नेपाली जहाँ बसे पनि एउटै आवाज रहेको बताइन्।उनले नेपालको संविधान लचकदार भएकोले जनचाहना अनुरुप संविधानको मूलमर्म नबाझिने गरी संशोधन हुनसक्ने बताइन्। उनले एनआरएनको नागरिकताको विषयलाई सम्बन्धित संसदीय समितिसम्म पुर्याउने बचन दिइन्।उनले एनआरएनको अधिकार संविधानको मर्मअनुरुप नागरिकतामा सुनिश्चित गरिने बताइन्।एनआरएन युके अध्यक्ष योगकुमार फगामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुल आचार्यले नेपालबाट गैरकानुनी रुपमा बेलायत पैसा भित्रिएको बताए। उनले देशको आर्थिक विकास हुन्छ भने विदेशबाट नेपाल पैसा लैजाने प्रक्रिया सहज हुनुपर्नेमा जोड दिए।राष्ट्रिय जनमुक्ति पार्टीको उपाध्यक्ष कमला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन नागरिकताको सुनिश्चित नभएसम्म समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा नहुने बताइन्। उनले भूपू गोर्खाको नागरिकताकोसमेत ग्यारेन्टी हुनुपर्नेमा जोड दिइन्।पूर्वसंसद तारा राईले राजनीतिक चेतना नहुँदा राजनीतिप्रति घृणा बढेको बताइन। उनले नेपाली राजनीतिमा महिलाको भूमिका बढेको विचार राख्दै अब संसदमा पनि ५० प्रतिशत महिला हुनुपर्नेमा जोड दिइन्।अल्डरसटस्थित एम्पायर हालमा शनिवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा संसद नविना लामाले विदेशमा बस्ने नेपालीले देशको लागि गरेको योगदानको प्रशंसा गरिन्। उनले महिलाको विकास राम्रोसँग हुन् नसके पनि राजनीतिमा महिला सहभागिता सन्तोषजनक रहेको बताइन्। विदेशमा बस्ने नेपालीमा राष्ट्रप्रतिको भावना धेरै नै पाएको बताउदै समृद्ध नेपालको अभियानमा लाग्न उनले आव्हान गरिन् ।क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ?बढ्यो पेट्रोलियम पदार्थको मूल्यसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाराष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी