गृहपृष्ठ ∕ राजनीति ∕ संविधान संशोधन हुन सक्छ : उपसभामुख तुम्बाहाम्फे संविधान संशोधन हुन सक्छ : उपसभामुख तुम्बाहाम्फे admin मंसीर २, २०७५ गते ७:४२ मा प्रकाशित लन्डन- बेलायत भ्रमणमा रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अन्तरक्रिया गरेको छ। कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले एनआरएन नेपाली जहाँ बसे पनि एउटै आवाज रहेको बताइन्।उनले नेपालको संविधान लचकदार भएकोले जनचाहना अनुरुप संविधानको मूलमर्म नबाझिने गरी संशोधन हुनसक्ने बताइन्। उनले एनआरएनको नागरिकताको विषयलाई सम्बन्धित संसदीय समितिसम्म पुर्याउने बचन दिइन्।उनले एनआरएनको अधिकार संविधानको मर्मअनुरुप नागरिकतामा सुनिश्चित गरिने बताइन्।एनआरएन युके अध्यक्ष योगकुमार फगामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुल आचार्यले नेपालबाट गैरकानुनी रुपमा बेलायत पैसा भित्रिएको बताए। उनले देशको आर्थिक विकास हुन्छ भने विदेशबाट नेपाल पैसा लैजाने प्रक्रिया सहज हुनुपर्नेमा जोड दिए।राष्ट्रिय जनमुक्ति पार्टीको उपाध्यक्ष कमला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन नागरिकताको सुनिश्चित नभएसम्म समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा नहुने बताइन्। उनले भूपू गोर्खाको नागरिकताकोसमेत ग्यारेन्टी हुनुपर्नेमा जोड दिइन्।पूर्वसंसद तारा राईले राजनीतिक चेतना नहुँदा राजनीतिप्रति घृणा बढेको बताइन। उनले नेपाली राजनीतिमा महिलाको भूमिका बढेको विचार राख्दै अब संसदमा पनि ५० प्रतिशत महिला हुनुपर्नेमा जोड दिइन्।अल्डरसटस्थित एम्पायर हालमा शनिवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा संसद नविना लामाले विदेशमा बस्ने नेपालीले देशको लागि गरेको योगदानको प्रशंसा गरिन्। उनले महिलाको विकास राम्रोसँग हुन् नसके पनि राजनीतिमा महिला सहभागिता सन्तोषजनक रहेको बताइन्। विदेशमा बस्ने नेपालीमा राष्ट्रप्रतिको भावना धेरै नै पाएको बताउदै समृद्ध नेपालको अभियानमा लाग्न उनले आव्हान गरिन् ।क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप