गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा सचिवालय बैठक : एमसिसी देखि बाँस्कोटा प्रकरणबारे के-के भयो कुराकानी? नेकपा सचिवालय बैठक : एमसिसी देखि बाँस्कोटा प्रकरणबारे के-के भयो कुराकानी? दीप संञ्चार फागुन ११, २०७६ गते १७:०५ मा प्रकाशित काठमाडौंं – शनिबार बसेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडि बढ्ने निर्णय गरेको हो।नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए।शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रूपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताए।संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ।अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गरेका थिए।बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडिओ सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियार लगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको उनले बताए।कार्यदलले झण्डै २० दिन लगाएर तयार पारेको प्रतिवेदन शुक्रबार अध्यक्षद्वयलाई बुझाएको थियो। नेकपा केन्द्रीय समिति बैठकले एमसिसीका विषयमा अध्ययन गर्न खनालको संयोजकत्वमा स्थायी समिति सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकांग्रेसको पदाधिकारी बैठक बस्दैनेपाली जनसम्पर्क समिति कतारको पाँचौ अधिवेशन सम्पन्न, सभापतिमा अजिज अलि…ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्नेनेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु