Techie IT
×
गृहपृष्ठराजनीतिगोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध


काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस संचालनका लागि कमिसन मागेको भनिएको अडिओ सार्वजनिक भएपछि कांग्रेसले विरोध जनाएको हो।

राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले ‘प्रधानमन्त्री निकट रहेका बाँस्कोटाले ठाडै भ्रष्ट्राचार गर्ने गरि कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन’ भनेर प्रश्न गरे। ‘यो आपत्तीजनक छ। गम्भीर प्रश्नमा सरकारका चुप लागेर बस्न हुदैँन। प्रधानमन्त्री साँच्चै भ्रष्ट्राचार शुन्य पक्षधर हो भने सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्छ’, देवले बैठकमा भने। उनले सरकारले घटनाको बारेमा तुरुन्त दुधको दुध र पानीको पानी हुने गरि छानविन समिति बनाउनुपर्ने माग राखे।

‘प्रष्ट रूपमा अडिओ आएपछि नेपाल सरकारको तर्फबाट सदनलाइ जानकारी दिनुपर्छ’, सांसद देवले भने, ‘प्रधानमन्त्रीले यी तीन वटा माग सम्बोधन नगरेसम्म हामी संसद नचलोस् भन्ने चाहान्छौँ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले प्रतिपक्षी दलले उठाइरहेको विषयमा छानविन गर्न र सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। यद्यपी कांग्रेसले अवरोध जारी राखेपछि फागुन १५ गतेसम्मका लागि राष्ट्रिय सभा स्थगित भएको छ।

सेक्युरिटी प्रेस संचालनका लागि एक स्वीस कम्पनीका नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले कमिसन मागेको भनिएको अडियो अहिले भाइरल भएको छ।

बैंक नोट, पासपोर्ट, स्मार्ट कार्डलगायतका कुरा नेपालमै छाप्नका लागि एउटा सेक्युरिटी प्रेस नेपालमै जडान गर्नका लागि सो स्वीस कम्पनीलाई जिम्मा दिने तयारी भएको थियो। तर पछि उसले जिम्मा नपाउने भएपछि सो अडियो सार्वजनिक भएको हो।

बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।’

मन्त्री बाँस्कोटाले भने आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन्। राजनीतिक प्रतिशोधका आधारमा अफवाह फैलाउने काम भएको उनको भनाइ छ।

बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस