गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री ओलीको व्यक्तिगत वेवसाइटमा पोर्न भिडियो अपलोड प्रधानमन्त्री ओलीको व्यक्तिगत वेवसाइटमा पोर्न भिडियो अपलोड दीप संञ्चार फागुन ३, २०७६ गते १५:५४ मा प्रकाशित काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ ।सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी समेटिएको ओलीको वेवसाइट अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता गरेर दुरुपयोग भएको देखिन्छ । लामो समयसम्म ओलीले सो डोमेन नवीकरण नगरेपछि अर्कैले दर्ता गराएर दुरुपयोग गरेको बुझिएको छ ।चीनको छेन्दु वेस्ट डायमेन्सन डिजिटल टेक्नोलोजीले सन् २०१९ को मे २८ मा सो वेवसाइटको डोमेन पुनः दर्ता भएको देखिन्छ । यस्तै डोमेनको म्याद सकिने मिति आगामी मे २८ उल्लेख छ । आईपी लोकेसन क्यालिफोर्निया देखाइएको डोमेन दर्ता गरिँदाको आईपी ठेगाना 156.238.216.62 देखिएको छ । उक्त वेवसाइटमा अहिले सयौँ अश्लिल भिडियोहरु राखिएको छ ।यस्तो तथ्य थाहा पाएर सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ । व्यक्तिगत वेवसाइट नवीकरण नगरेका ओलीको अहिले अर्कै वेवसाइट http://kpsharmaoli.com.np/ सञ्चालनमा छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनिर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष…काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठकमाओवादीका वडा अध्यक्ष काँग्रेसमा प्रवेशसत्ता गठबन्धनको बैठक बस्दै धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ब्राउन सुगरसहित एक महिला पक्राउ काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक एकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्यु माओवादीका वडा अध्यक्ष काँग्रेसमा प्रवेश विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो सरकारी कर्मचारीलाई मोबाइल राख्न निषेध