गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध कांग्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध दीप संञ्चार माघ २४, २०७६ गते १४:१६ मा प्रकाशित काठमाडौंं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ।आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको बैठकमा अवरोध गरेको थियो।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न अगाडि बोल्दै थिए। लगत्तै कांग्रेसका सांसद उठे र सभामुखले कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा बोल्न समय दिए।बैठकमा बोल्दै विश्वकर्माले काठमाडौंमा चिसो बढेता पनि बालुवाटार जग्गा प्रकरणमा अख्तियारले लगाएको मुद्दाले फेरि देशको राजनीतिक माहौल तातेको बताए।अख्तियारलाई प्रभावमा पारेर सरकारले आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने प्रवृत्ति देखाएको उनले आरोप लगाए। विश्वकर्माले बोलेपछि कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए।सभामुखले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारू गर्न सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू उठिरहेपछि बैठक सुचारू हुन सकेको छैन।ललिता निवासको जग्गामा छानीछानी अख्तियारले मुद्दा चलाएको कांग्रेसको बुझाइ छ।अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई मुद्दा दायर गरेको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न