गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध कांग्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध दीप संञ्चार माघ २४, २०७६ गते १४:१६ मा प्रकाशित काठमाडौंं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ।आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको बैठकमा अवरोध गरेको थियो।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न अगाडि बोल्दै थिए। लगत्तै कांग्रेसका सांसद उठे र सभामुखले कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा बोल्न समय दिए।बैठकमा बोल्दै विश्वकर्माले काठमाडौंमा चिसो बढेता पनि बालुवाटार जग्गा प्रकरणमा अख्तियारले लगाएको मुद्दाले फेरि देशको राजनीतिक माहौल तातेको बताए।अख्तियारलाई प्रभावमा पारेर सरकारले आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने प्रवृत्ति देखाएको उनले आरोप लगाए। विश्वकर्माले बोलेपछि कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए।सभामुखले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारू गर्न सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू उठिरहेपछि बैठक सुचारू हुन सकेको छैन।ललिता निवासको जग्गामा छानीछानी अख्तियारले मुद्दा चलाएको कांग्रेसको बुझाइ छ।अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई मुद्दा दायर गरेको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप