गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध कांग्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध दीप संञ्चार माघ २४, २०७६ गते १४:१६ मा प्रकाशित काठमाडौंं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ।आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको बैठकमा अवरोध गरेको थियो।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न अगाडि बोल्दै थिए। लगत्तै कांग्रेसका सांसद उठे र सभामुखले कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा बोल्न समय दिए।बैठकमा बोल्दै विश्वकर्माले काठमाडौंमा चिसो बढेता पनि बालुवाटार जग्गा प्रकरणमा अख्तियारले लगाएको मुद्दाले फेरि देशको राजनीतिक माहौल तातेको बताए।अख्तियारलाई प्रभावमा पारेर सरकारले आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने प्रवृत्ति देखाएको उनले आरोप लगाए। विश्वकर्माले बोलेपछि कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए।सभामुखले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारू गर्न सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू उठिरहेपछि बैठक सुचारू हुन सकेको छैन।ललिता निवासको जग्गामा छानीछानी अख्तियारले मुद्दा चलाएको कांग्रेसको बुझाइ छ।अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई मुद्दा दायर गरेको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट