Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सीमा नाकामा आठ वटा सिमा सुरक्षा क्याम्प स्थापना हुँदै

सीमा नाकामा आठ वटा सिमा सुरक्षा क्याम्प स्थापना हुँदै


दाङ्ग, दाङ्गको सीमानाका सुरक्षाका लागि आठ वटा शसस्त्र सिमा सुरक्षा क्याम्प स्थापना हुने भएका छन् ।

गढवा र राजपुर गाउपालिकामा पर्ने सीमाका खंङ्ग्रा नाका, भौवा नाका, भैसाही, डगमारा, पटौली, सिरिया , मुसिनाका र भौरीसाल नाकामा सुरक्षा क्याम्प राख्न लागिएको हो ।

केहि दिन अघि दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय दाङ्गका एसपी जनक भट्टराई, शसस्त्र प्रहरी प्रमुख, राजपुर गाउपालिकाका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्षहरु लगायतको टोलीले क्याम्प स्थापना हुने नाका क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

नेपालको सिमा मिचिदै जान थालेपछि उक्त ठाउमा बिओपि (ब्वाडर आउट पोस्ट ) स्थापना गर्न लागिएको दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए । सिमा सुरक्षा, जंगे पिल्लर लगायतको बिषयमा यहि माघ १७ गते भारतीय र नेपाली सुरक्षाकर्मी बीच भारतको नानपारामा बैठक रहेको समेत प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

दुईवटा शसस्त्र क्याम्प पहिले नै स्थापना भैसकेको र यो बर्षमा आठवटा शसस्त्र क्याम्प स्थापना गर्न लागेको जानकारी दिंदै सबै भन्दा अघि राजपुरको खंग्रा नाकामा क्याम्प स्थापना हुन्छ रिजालले भने ।

त्यस क्षेत्रमा भौतिक पूर्वाधारको समस्या त् छ तर सुरक्षाकर्मी बस्न थाले पछि सबै समस्या बिस्तारै हल हुँदै जान्छन प्रमुख जिल्ला अधिकारी रिजालले भने । एउटा क्याम्पमा प्रहरी निरीक्षकको नेतृत्वमा ३० देखि ३५ जना सम्म सुरक्षाकर्मी रहने छन् । यस अघि कोइलाबास नाका र राजपुरको सुनपथ्री नाकामा मात्र शसस्त्र क्याम्प रहेका छन् ।

त्यस्तै खंग्रा नाकामा नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट रहेको छ तर त्यहाका स्थानीयले सुरक्षाको गतिलो अनुभूति गर्न नसकेको बेला बेला गुनासो आउने गरेको छ । भारतले भने आफ्नो प्रत्येक नाकामा एसएसबीको क्याम राखेको छ ।


क्याटेगोरी : राजनीति, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस