गृहपृष्ठ ∕ राजनीति ∕ एन्फाको केन्द्रीय कार्यसमिति निर्वाचनमा आर्थिक चलखेलको दाबी गर्दै प्रमाण स्वरुप अडियो/भिडियो सार्वजनिक एन्फाको केन्द्रीय कार्यसमिति निर्वाचनमा आर्थिक चलखेलको दाबी गर्दै प्रमाण स्वरुप अडियो/भिडियो सार्वजनिक admin मंसीर ९, २०७५ गते ७:४१ मा प्रकाशित काठमाडौँ — चार जिल्ला फुटबल संघका अध्यक्षले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यसमिति निर्वाचनमा व्यापक आर्थिक चलखेल भएको आरोपबारे अडियो टेप सार्वजनिक गरेका छन् ।बुधबार पत्रकार सम्मेलन गरी उनीहरूले निर्वाचनका क्रममा अनियमितता भएको दाबी गर्दै ‘प्रमाण’ का रूपमा कर्माछिरिङ शेर्पा प्यानलका व्यक्तिहरूको अडियो/भिडियो कुराकानी सार्वजनिक गरे ।वैशाख २२ मा सम्पन्न चुनावबाट कर्माछिरिङ एन्फा नेतृत्वमा आएका थिए ।चुनावमा अध्यक्षका उम्मेदवार तथा पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले यसअघि पत्रकार सम्मेलनमार्फत चुनावमा आर्थिक चलखेल गरेको आरोप लगाएर कुनै दिन प्रमाण पेश गर्ने जनाएका थिए ।तर, बुधबार पत्रकार सम्मेलनमा भने उनी उपस्थित भएनन् । कार्यक्रममा काठमाडौंका अध्यक्ष विराजजंग शाही, भक्तपुरका संघका अध्यक्ष गौतम सुजखु, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा र धादिङका अध्यक्ष दीपक खतिवडा उपस्थित थिए । उनीहरू सबै असन्तुष्ट पक्षधर हुन् ।एन्फाका मानार्थ अध्यक्ष टासी घलेसँग कर्माछिरिङ पक्षका महासचिव इन्द्रमान तुलाधर, दीपक खाती (संयोजक, अडिट एन्ड कम्प्लायन्स कमिटी), केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र दावा लामालगायतसँग गरिएको कुराकानीको अडियो सार्वजनिक गरिएको हो ।असन्तुष्ट चार अध्यक्षले निर्वाचन समितिलाई आर्थिक प्रलोभनमा पारेको, अदालतलाई पनि प्रलोभनमा पार्ने प्रयास गरेको, मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचव अगाडि मतदातालाई ठूलो रकम खर्च गरी भारत भ्रमणमा लगेको, निर्वाचन समितिलाई ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लगाएका छन् ।आफूहरूले भेटेका सबै प्रमाणलाई विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघमा पठाइएको उनीहरूले जानकारी दिए । यद्यपि उजुरीबारे फिफा, एएफसीको प्रतिक्रिया भने आइसकेको छैन । चुनावको अनियमितताबारे सेप्टेम्बर ९ मा फिफा र एएफसीमा उजुरी गरिएको थियो ।उक्त अडियो टेप चुनाव सकिएपछिको हो । जहाँ कर्माछिरिङ पक्षमा मतदातालाई विभिन्न जिल्लाबाट हवाई मार्गमार्फत आफूले ल्याउने बन्दोबस्त गरेको र त्यसवापत करिब २ लाख रुपैयाँ अझै भुक्तानी लिन बाँकी रहेको मधुसुदनले बताएका छन् ।उनी एस ट्राभलका सञ्चालक हुन् । यसपालि त पोखरा, भैरहवा, चितवनबाट आउरे वाउरे धुपौरे सबै फ्लाइटमा आए, त्यसै हाम्ले चुनाव जितेको हौं र ? सबैलाई मैले नै व्यवस्था गरेको । ..२–३ लाख कर्मा दाइले दिइसक्नुभो, अब त्यस्तै २ लाखजति बाँकी छ । रवीन्द्र (वर्तमान कोषाध्यक्ष) लाई भनिरा’छु ।’ टेबलमुनि क्यामरा राखेर खिचिएको भिडियोमा मधुसुदनले टासीसँग भनेका छन् ।टासी र इन्द्रमानबीचको कुराकानीको अडियो–भिडियोमा अदालतमा मुद्दा दायर हुनबाट रोक्न तथा दायर भएका मुद्दा किनारा लगाउन गरिएको ‘खर्च’ बारे कुराकानी भएको छ ।‘..ललितपुरमा मुद्दा दर्ता नगर्न ५ लाख दिएको हो । ललितपुर (पाटन उच्च अदालत) ले दर्ता गरेन न नि ? त्यति बेला ५ लाख दिएको ।’ अडियोमा इन्द्रमान भन्छन् । त्यसपछि टासीले सोध्छन्, ‘अनि ८ लाख कहाँ गयो नि ?’इन्द्रमान, ‘८ लाख पुनरावेदनमा अनि पछि काठमाडौं जिल्ला (अदालत) मा विराटको मुद्दालाई १२ लाख खर्च गरेको ।’अदालतमा खर्च गरेको भनिए पनि अडियो/भिडियोमा कसले पैसा दिएको र कसले लिएको भन्नेबारे केही खुलाइएको छैन ।निर्वाचन कमिटीलाई दुव्यर्वहारगरेको सम्बन्धमाटासीले अहिलेका केन्द्रीय सदस्य दावा लामासँग कुराकानी गरेका छन् । यो पनि निर्वाचनपछिको कुराकानी हो ।‘त्यति बेला घेर्ने बेलामा (निर्वाचन कमिटी) मै त हो नि । त्यतिखेरको सबैभन्दा गेम रोल भनेको चाहिँ, डराउने र कुट्छु, पिट्छु,मार्छु भन्ने चाहिँ किरण (राई) दाइ र पंकज (विक्रम नेम्वाङ) दाइ ।’टासी : ‘मार्छु नै भनेको ?’‘अँ, यदि नेपाली फुटबल सकिन्छ भने जे पनि गर्ने भन्ने कुरा हो । उता फेरि यसले गेम खेलिरा’छ, यस्तो भइरा’छ सूचना ल्याउने मधुसुदन, त्यो चाहिँ एकदम ग्याम्बलर के । (हाँसो) अनि चुनावको मिति तोक्न हामीले दबाब दियौं । कि तिमी राजीनामा गरेर जा, कि मिति तोक, भनेर ताकेता गर्यौं । त्यसपछि तिनीहरूले केटाहरू बोलाए ।’‘उताबाट (मणि पक्षबाट) दीपक खतिवडा, पुरुषोत्तम, जीवन, मणि कुँवर लगायत ८–९ जना आए । हामी यता ३०–४० जना । आत्तियो उनीहरू त । पछि पुलिस आयो, उनीहरूले नै सुरक्षाका लागि बोलाएको, उनीहरूलाई नै निस्कन दिएन । अन्तिममा सुजित केसी भन्ने बोलाए । सुमन पनि आए । सबैभन्दा राम्रो त्यही भाको हो क्या ।’ दावाले टासीसँग भनेका छन् ।मतदातालाई चुनावअघि भारत भ्रमणमा लगेकोबारे टासीले धनुषा जिल्ला फुटबल संघका अध्यक्ष दीपक खातीसँग कुरा गरेका छन् । ‘त्यति बेला १० लाख दिएर पठाएको थियो । त्यसमा कर्माले ५ लाख, रवीन्द्रले ४ लाख र पंकजले १ लाख बाटोमा दियो र यसरी जम्मा १० लाख हो । कर्माले पछि ३ लाखसहित गर्दा ११ लाख चानचुन दिएको छ ।पंकजले ५ लाख ५० हजार, पछि चुनाव सकिएपछि ३ लाख ५० हजार । सिक्किम गएर आएपछि मैले ४ लाख ६० हजार फिर्ता ल्याएको थिएँ । त्योमध्ये ३ लाख कर्मादाइले मधुसुदन र रवीन्द्रलाई दिन भन्नुभयो । ६० हजार पंकजलाई जिल्लातिरबाट प्लेन टिकट यता–उता खर्च दिएँ । कर्मा दाइले बाँकी १ लाख आफैं राख । पछि चाहिएला भन्नु भो ।’पत्रकार सम्मेलनमा जिल्ला अध्यक्षहरूले अडियो प्रमाण कसले उपलब्ध गराएको उल्लेख गरेनन् । ‘चुनावमा भएकोभ्रष्टाचार र अनियमितताबारे हामीले यहाँ प्रमाण पेश गरेका छौं । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा पनि ताकेता दिन्छौं,’ ललितपुरका अध्यक्ष थापाले भने ।उनले एन्फा कार्यसमितिविरुद्ध पूर्वाग्रह राखेको नभई परिवर्तनको नारा दिने उहाँहरूबाटै भएको अनियमिताको पर्दाफासमात्र गरेको बताए । ‘हामीलाई अहिलेको कार्यसमितिसँग कुनै पूर्वाग्रह छैन । नेपाली फुटबल सही दिशामा गएन भन्ने हाम्रो चिन्ता हो र फुटबलबाट बाहिर नगई प्रतिपक्षको भूमिकामात्र खेलेका हौ,’ उनले प्रस्टयाए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै