गृहपृष्ठ ∕ राजनीति ∕ नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता दीप संञ्चार कात्तिक १८, २०७६ गते १७:०७ मा प्रकाशित काठमाडौं, उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा आइतबार भएको भेटमा द्धिपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए । उनले सोलार र मिनिग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुँच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले भने, ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ । ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको धारणा राखे । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले उक्त सहयोगको लागि धन्यवाद दिँदै वैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहूँ जलविद्युत परियोजना लगायतका विषयमा समेत छलफल भएको थियो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट