गृहपृष्ठ ∕ राजनीति ∕ नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता दीप संञ्चार कात्तिक १८, २०७६ गते १७:०७ मा प्रकाशित काठमाडौं, उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा आइतबार भएको भेटमा द्धिपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए । उनले सोलार र मिनिग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुँच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले भने, ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ । ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको धारणा राखे । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले उक्त सहयोगको लागि धन्यवाद दिँदै वैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहूँ जलविद्युत परियोजना लगायतका विषयमा समेत छलफल भएको थियो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न