Techie IT
×
गृहपृष्ठराजनीतिउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन


काठमाडौँ। उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिदैँछ ।

आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

भोलि उम्मेदवारले चाहेमा नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ प्रदेशसभा–१ मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #उपनिर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस