Techie IT
×
गृहपृष्ठराजनीतिजीबी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा

जीबी राई गृहमन्त्रीको सम्पर्कमा छन् : महामन्त्री शर्मा


काठमाडौँ।  जीबी राई गृहमन्त्रीको सम्पर्कमा  रहेको  कांग्रेसले दाबी  गरेको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै  कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले राई मलेसियामा रहेको सूचना आफूहरुसँग रहेको र गृहमन्त्री लामिछाने उनीसँग सम्पर्कमा रहेको जिकीर गरे ।  उनले जीबी राईलाई नेपाल ल्याउन किन ढिलाइ भइरहेको छ भनेर  प्रश्न गरे ।

शर्माले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे पनि उनले  पक्राउ गर्न नचाहेको आरोप लगाएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस