Techie IT
×
गृहपृष्ठराजनीतिरास्वपाका ४ सांसदलाई तोकिएको जरिवाना बदर

रास्वपाका ४ सांसदलाई तोकिएको जरिवाना बदर


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ ।

निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो ।

उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो । आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस