Techie IT
×
गृहपृष्ठराजनीतिसहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट प्रमाण नष्ट हुने डर छ : गगन थापा

सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट प्रमाण नष्ट हुने डर छ : गगन थापा


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा महरा पक्राउ परेकोमा धन्यवाद दिएका हुन् ।

सांसद थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले आफैं मुछिएको मुद्दामा कसरी अनुसन्धान गर्नसक्छन् भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने आशंका र डर बढेको बताए ।

सुन काण्डमा सरकारले जुन किसिमको काम सुरु गरेको छ सहकारी ठगीमा प्रकरणमा पनि जो संलग्न छन् तिनीहरूमाथि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस