गृहपृष्ठ ∕ राजनीति ∕ सत्ता साझेदार प्रमुख तीन दलबीच भेटवार्ता सत्ता साझेदार प्रमुख तीन दलबीच भेटवार्ता दीप संञ्चार फागुन २९, २०८० गते १०:२० मा प्रकाशित काठमाडौँ । प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ । सत्ता साझेदार प्रमुख तीन दल बीच आज भेटवार्ता भएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् ।नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो ।एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ ।प्रधानमन्त्री प्रचण्डले गत २३ गते मन्त्रिमण्डल विस्तार गर्दा अन्तिम समयमा मात्रै एकीकृत समाजवादीका मन्त्री समेटिएका थिए । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्नु अघि आफूलाई थाहा नै नदिएको भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप