Techie IT
×
गृहपृष्ठराजनीतिराप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट,नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण

राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट,नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण


 काठमाडौँ।   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ।

राप्रपाका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिरिदै गर्दा श्रेष्ठमाथि आज बिहान आक्रमण भएको हो।

आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेका छन् । आक्रमणपछि उनीहरू फरार रहेका छन् ।  कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर भएको लन्च ब्रेकमा  नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको हो।

कार्यसम्पादन समितिको बैठकको  छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका पछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । पाण्डे बाहिरिए लगत्तै  श्रेष्ठमाथि आक्रमण भएको हो । दुई पक्षबीच भनाभन समेत भएको थियो। बैठक स्थगित भएर बाहिर निस्कँदै गर्दा नेता श्रेष्ठमाथि आक्रमण भएको हो।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस