Techie IT
×
गृहपृष्ठराजनीतिकर्णाली सरकारबाट बाहिरियो कांग्रेस, तीन मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, तीन मन्त्रीले दिए राजीनामा


काठमाडौँ- कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीले राजीनामा दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन्।

अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस