Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन


काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले चैत्र १ गते गर्ने तय गरेको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ ।

यसैबीच, स्थायी समिति बैठकले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गरेको छ । बैठकले ७ प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र प्रवास प्रदेश समिति गरी १० वटा प्रदेशका इन्चार्ज परिवर्तन गरेको छ ।

जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेश प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा र लुम्बिनीमा चन्द्रप्रकाश खनाल रहेका छन् ।

यस्तै, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेल, विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवास अन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने माओवादी स्थायी समितिले निर्णय गरेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा माओवादी, #माओवादी केन्द्रिय समिति बैठक

तपाईको प्रतिक्रिया दिनुहोस