गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस महासमिति बैठकमा सदस्यहरुले उठाए मिडियाका मुद्दा कांग्रेस महासमिति बैठकमा सदस्यहरुले उठाए मिडियाका मुद्दा दीप संञ्चार फागुन ९, २०८० गते २०:१२ मा प्रकाशित ललितपुर – ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु उठाएका छन् ।महासमिति बैठकमा बोल्दै आमन्त्रित महासमिति सदस्य सरोज अधिकारी प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।उनले भने ‘पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस् ।’ शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको तर अधिकार नदिएको उनको गुनासो थियो ।उनले भने, ‘विभिन्न भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकाले अधिकार पनि दिनुपर्छ ।’त्यस्तै, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्दै महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुलाई पनि यही देशमा राजनीतिक अधिकार दिनुपर्ने बताइन ।त्यसैगरि महासमिति सदस्य चिन्तामणि सापकोटाले पनि गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप