Techie IT
×
गृहपृष्ठराजनीति‘माओवादी जनयुद्ध र नेतृत्वलाई हेप्न खोजिँदैछ’

‘माओवादी जनयुद्ध र नेतृत्वलाई हेप्न खोजिँदैछ’


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरुको चंगुलबाट फुत्किएका हामी दलहरुको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले रानीतिक रंगमञ्चमा ल्याएका दलहरुले माओवादी नेतृत्वलाई हेप्न थालेको बताए ।

उनले भने, ‘सात राजनीतिक दलहरुलाई त्यतिबेलाको निरंकुश र सामन्ति राजाहरुको चंगुलबाट फुत्काउन सक्ने र उनीहरुलाई राजनीतिकको रंगमञ्चमा ल्याउनसक्ने शक्ति माओवादी हो । अहिले हामीले कहाँ–कहाँ कमजोरी गर्यौं, अलि बढि नै हेपाई खाइरहेका छौं । अहिले माओवादी आन्दोलनलाई माओवादीको नेतृत्वलाई, एजेण्डालाई, माओवादीले गरेको त्याग र बलिदानलाई अपमान गर्ने कोसिस तिनै दलहरुले गरिरहेका छन् ।’

माओवादी केन्द्रको दुरगामी इतिहास र परिवर्तनको पक्षमा बलिदान दिएको सम्मानका लागि माओवादीहरु एक ठाउँमा उभिन ढिला भइसकेको उनको भनाइ थियो ।

उनले भने, ‘देशभरिका कार्यकर्तालाई हाम्रो दुरगामी इतिहास र परिवर्तनका पक्षमा जाग्न अपिल गर्दछु । मधेशी र दलित महिलाहरुले जसले सबैभन्दा बढि यो परिवर्तनका लागि बलिदान दिनुभएको छ । हामीले गरेको आन्दोलनमा सहिद नभएको कुनै जाती छैन । सबैको अस्तित्वलाई सम्मन गरौं । यसको मौलिकता र महानता नै यही हो ।‘

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने जोसुकैको प्रतिवाद गर्नुपर्ने उनले बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई लक्षित गर्दै उनले भने, ‘हामी यो प्रज्ञा प्रतिष्ठानको भवनमा ऐतिहासिक जनयुद्ध दिवस मनाइरहेका बेला राजाका भलौटेहरुले बाहिर संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको कार्यक्रम गर्दैछन् । हिजो पनि हामीलाई सखाप पार्न खोजेकै हुन् । हामी सखाप भएनौं । जसरी अहिले हामीलाई आरोपित बनाउने खोज्ने दुश्साहस भएको छ । यो क्रान्तिकारी इतिहासलाई अपमान गर्न नदिऔं ।’

माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरुलाई ढिला नगरी एउटै मोर्चा र एउटै केन्द्रमा आवद्ध हुन उनले अपिल गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig breaking, #breaking

तपाईको प्रतिक्रिया दिनुहोस