गृहपृष्ठ ∕ राजनीति ∕ कहिलेकाहीं आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ : सभापति देउवा कहिलेकाहीं आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ : सभापति देउवा दीप संञ्चार माघ २६, २०८० गते २१:५८ मा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कुरा कहिलेकाही भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् ।नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन उदघाटन गर्दै उनले बोल्दाबोल्दै हल खाली हुने गरेकाले पूरा भनाई भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन् ।सभापति देउवाले भने,‘अहिले कस्तो अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ । कुरा पूरा सुनाउनैपर्यो, पूरा कुरा कहिलेकाहीं भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन् ।’संघीय राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्वपूर्ण भएको भन्दै यसले देशैभरी राम्रो प्रभाव पार्नुपर्ने बताए ।उनले भने, ‘काठमाडौं जिल्ला मात्रै नभएर देशको राजधानी पनि हो । त्यसैले यो सम्मेलन भनेको महत्वपूर्ण सम्मेलन हो । त्यसकारण राजधानीको सम्मेलनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा महत्व राख्छ । भोलिका दिनमा राम्रा प्रस्तावहरु पास गर्नुहुनेछ, राम्रो काम गर्नुहुनेछ । सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रभाव पार्ने किसिमको काम गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।’क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल