गृहपृष्ठ ∕ राजनीति ∕ जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो दीप संञ्चार माघ १०, २०८० गते ८:४६ मा प्रकाशित धनुषा । जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलको निर्णय बमोजिम मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव नेतृत्वमा गएको एक टोलीले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । सो पत्रमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न नेपालको संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजकै मिति अर्थात मंगलबारदेखि लागु हुने गरी समर्थन फिर्ता लिएको उल्लेख छ ।मधेश सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । सोमबार सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा उत्पन्न विवादपछि भएको झडपपछि जनमत पार्टी सरकार छोड्ने निर्णयमा पुगेको हो ।झडपमा प्रहरीको लाठी चार्जबाट शिक्षा तथा संस्कृति मन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव घाइते भएपछि सोही विषयलाई लिएर जनमत पार्टीले सरकारको समर्थन फिर्ता लिएको मन्त्री चन्दन सिंंहले जानकारी दिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप