गृहपृष्ठ ∕ राजनीति ∕ जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो दीप संञ्चार माघ १०, २०८० गते ८:४६ मा प्रकाशित धनुषा । जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलको निर्णय बमोजिम मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव नेतृत्वमा गएको एक टोलीले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । सो पत्रमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न नेपालको संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजकै मिति अर्थात मंगलबारदेखि लागु हुने गरी समर्थन फिर्ता लिएको उल्लेख छ ।मधेश सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । सोमबार सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा उत्पन्न विवादपछि भएको झडपपछि जनमत पार्टी सरकार छोड्ने निर्णयमा पुगेको हो ।झडपमा प्रहरीको लाठी चार्जबाट शिक्षा तथा संस्कृति मन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव घाइते भएपछि सोही विषयलाई लिएर जनमत पार्टीले सरकारको समर्थन फिर्ता लिएको मन्त्री चन्दन सिंंहले जानकारी दिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला