Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रियसभा सदस्य निर्वाचन : स्थिर समय सुरु, यस्तो गर्न पाइँदैन

राष्ट्रियसभा सदस्य निर्वाचन : स्थिर समय सुरु, यस्तो गर्न पाइँदैन


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय सुरु भएको भएको छ । गएराति १२ बजेदेखि स्थिर समय सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिमा उम्मेदवारका पक्षरविपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #राष्ट्रियसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस