Techie IT
×
गृहपृष्ठराजनीतियस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय


काठमाडौं। बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिएकी हुन् ।

यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु-

-नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।

– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा ९१० बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

-राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने ।

– सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने ।

-नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।

-सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा। रवि मल्ललाई नियुक्त गर्ने ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस