Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो


काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।

 

आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (ललितपुर) मा बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणवश भोलि पुस २२ गते दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल हुनेछ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस बैठक, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस