Techie IT
×
गृहपृष्ठराजनीतिसंक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन लगातार पहल गरिरहेको छु : प्रधानमन्त्री दाहाल

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन लगातार पहल गरिरहेको छु : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले लगातार पहल गरिरहेको बताएका छन् ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले पीडितलाई न्यायको अनुभूति हुने गरी त्यसलाई निष्कर्षमा पुर्‍याउन आफूले आम राष्ट्रिय सहमति बनाउन पहल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘संक्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन ढिलो भइसकेको छ, विद्यमान कानूनमा सर्वोच्च अदालतको आदेश राष्ट्रिय मानव अधिकार आयोगको सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्‍याइने छ ।’

राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न, सरकार सदैव प्रतिवद्ध रहेको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस