गृहपृष्ठ ∕ राजनीति ∕ जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल दीप संञ्चार मंसीर २२, २०८० गते १७:४७ मा प्रकाशित काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् । जनसाहित्यिक मञ्च नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरब बढाउन सकिने उनले बताए ।स्वदेशका सांस्कृतिक, सामाजिक पक्षका साथै सभ्यताको जगेर्ना हुन नसकेकाले भाषा, साहित्यको अतिक्रमण हुँदै गएकामा हामी सबै त्यसतर्फ सचेत रहनुपर्ने नेता खनालको भनाइ थियो । मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राजनीतिक अस्थिरता आउन सक्ने खतरा रहेको बताउँदै उनले त्यस्तो कार्यले सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा प्राप्त अधिकार सङ्कुचित हुन सक्ने औँल्याए ।नेता खनालले विभिन्न शक्ति राष्ट्रको प्रभाव बढेकाले राष्ट्रियताका साथै राजनीतिक प्रणालीमा समेत सङ्कट देखा परेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड दिए ।नेता खनालले मुलुकमा विद्यमान विभेद, वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न सरकारलाई आग्रह गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले विगतमा मुलुकमा राष्ट्रिय औद्योगीकरणको विकास गर्न नसकेकाले आर्थिक सङ्कट आएको उल्लेख गर्दै यसलाई समाधान गर्न सबै दलहरुले प्रष्ट नीति बनाउनुपर्ने विचार व्यक्त गरे ।उनले मुलुकका विभिन्न समयमा भएको आन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएकाले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिए । समाजवादको मुख्य आधार उद्यमशीलताको विकास तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने भएकाले जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने नेता खनालको भनाइ थियो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप