Techie IT
×
गृहपृष्ठराजनीतिगठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको एमाले अध्यक्ष ओलीको आरोप

गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको एमाले अध्यक्ष ओलीको आरोप


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको दाबी गरेका छन्  । पार्टीको महाकाली–मेची अभियानअन्तर्गत पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सत्ता गठबन्धन आफ्नो दलको विरोधमा रहेको पनि उल्लेख गरे  ।

विकास निर्माण र जनताप्रति सरकारले कुनै सरोकार नदेखाएको बताउँदै उनले  राष्ट्रियताको पक्षमा पनि शिर निहुराएको उनको आरोप छ । एमालेबाहेक अरुले मुलुक बनाउन नसक्ने जिकीर गर्दै एमाले अध्यक्ष ओलीलेभने , ‘मुलकको पछिल्लो अवस्थालाई तोड्न एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’

उनले नेकपा एमाले एउटा साधारण प्रतिपक्ष नभएको र इतिहास रचना गरेर आएकाले इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी भएको उल्लेख गरे । ‘देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ,’ उनको भनाई छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस