Techie IT
×
गृहपृष्ठराजनीतिएमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने ओलीको दाबी

एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने ओलीको दाबी


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको जिकिरसमेत गरेका छन् ।

एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेले मात्र विकास सक्ने उनले बताएका छन् । अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताएका छन् ।

उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा पनि राखे ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस