गृहपृष्ठ ∕ राजनीति ∕ जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला -सभापति रवि लामिछाने जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला -सभापति रवि लामिछाने दीप संञ्चार मंसीर १७, २०८० गते २०:५५ मा प्रकाशित मलेसिया। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अरु पुराना पार्टीहरु भन्दा आफ्नो रास्वपा पार्टी फरक रहेको दाबि गरेका छन्।तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका लामिछानेले आईतबार मलेसिया क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा आयोजित अन्र्यतरक्रियालाई सम्बोधन गर्दै मेरो दलले कुनै बाटो बिराउन्छ भने मलाई मलेसियामा प्रवेश निषेध गरिदिनु होला,एयरपोर्टमा रोक्नुहोला ।जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला ।रास्वपा सभापति लामिछानेले भने हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ ।उनले थपे तपाईंहरुले विश्वास गरेको हाम्रो पार्टीका कुनै नेताले घात गरेछन् भने म ४८ घन्टा वा २४ घन्टा होइन, १२ घन्टा पनि पर्खिन सक्दिनँ । १ घन्टाभित्र कारबाही गर्छु ।यस्तै देशमा योग्य क्षमतावान व्यक्ति धेरै छन् । आज नेपालको सदन सदन जस्तो भएको छ । बाँकि अरु दलका सांसद तराजुको एउटा साइडमा र रास्वपाका २१ सांसदलाई अर्को साइडमा राखेर हेर्नुस् । भारी को छ आफैं जोख्नुस् । हामि २१ जनाले सांसदको गरिमा जोगाएका छौं । हामी अर्को राजनीतिको सटर पसल थाप्न आएका होइनौं । अब हुने ८४ को निर्वाचनमा यहाँ रहेका नेपाली समुदायहरुले आफ्नो मताधिकार सुनिश्चित गर्नमा सरकारमाथि शंका रहेको उनले बताए। लामिछानेले भने सके सम्म हामि यहाबाटै मत हाल्ने व्यवस्था हुन्छ त्यो नभएपनि आफै स्वदेशमा गएर भोट हाल्ने वातावरण हामि सिर्जना गर्छौँ । तपाई हरु छुटिएको लागि आजै बाट तयार रहनको लागि आग्रह गरेका छन्।उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए।उनले भने आजको दिनलाई इतिहासमा दर्ज गरेर राख्ने छौँ ।यसैगरी सोमबार भोलि नेपाली राजदूतावास र मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसिले बताए। लामिछाने मलेसियाका बिभिन्न कार्यक्रममा सहभागी भएर मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न