Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

 

सो अवसरमा उहाँहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #केपी ओली

तपाईको प्रतिक्रिया दिनुहोस