Techie IT
×
गृहपृष्ठराजनीतिदुर्गा प्रसाईं समूहले काठमाडौंको बल्खु चोकमा कार्यक्रम गर्ने

दुर्गा प्रसाईं समूहले काठमाडौंको बल्खु चोकमा कार्यक्रम गर्ने


मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।

 

प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

 

प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवासंघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस