Techie IT
×
गृहपृष्ठराजनीतिफेरि सर्‍यो कांग्रेस महासमिति बैठक

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक


नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको जानकारी दिए । कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लागेको उनको भनाई छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मंशिर २९, ३० र पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो । त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो ।

कांग्रेसले ०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो । त्यो महाधिवेशनमा नीतिबारे छलफल नभई नेतृत्व मात्रै चयन गर्दै सकिएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस