Techie IT
×
गृहपृष्ठराजनीतिशान्तिको पक्षमा आज रत्नपार्कमा जुलुश हुने

शान्तिको पक्षमा आज रत्नपार्कमा जुलुश हुने


प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा वृहत जुलुश गर्ने भएका छन् ।

पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँसो १ बजे रत्नपार्कबाट वृहत् जुलुश निकालिने जनाएको हो ।

‘अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरुद्ध भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन् ।

रत्नपार्कबाट हुने वृहत् जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस