गृहपृष्ठ ∕ राजनीति ∕ अर्थमन्त्री लन्डनमा, लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै अर्थमन्त्री लन्डनमा, लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै दीप संञ्चार कात्तिक १३, २०८० गते १२:३७ मा प्रकाशित अर्थमन्त्री डा. प्रकाशसरण महत तीन दिने बेलायत भ्रमणका लागि लण्डन आएका छन् । डा .महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन बेलायत आएका हुन् ।सम्मेलनमा डा.महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए । उनले सम्मेलन नेपालमा लगानी भित्र्याउन सम्मेलन फलदायी हुने बताएका छन ।डा। महत शनिवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए । मन्त्री डा। महत सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल समेत बेलायत आएका छन् ।ढकालले लण्डन विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै लगानी सम्मेलनले नेपालमा लगानी प्रर्वधन गर्न महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । उनले नेपालमा हाइड्रोपावर, पर्यटन लगायतका क्षेत्रमा बेलायती लगानीकर्ताहरुलाई आर्कषण गर्न सकिने बताए ।मन्त्री डा। महतले बेलायतस्थित लगानीकर्ताका अतिरिक्त बेलायती उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमतय भएको छ । मन्त्रीको स्वागतमा बेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विमानस्थलमा बाक्लो उपस्थिति थियो । उनी नोभेम्वर १ तारिख नेपाल फर्किने कार्यक्रम तय भएको नेपाली जनसम्पर्क बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला