Techie IT
×
गृहपृष्ठराजनीतिपर्वहरूले आपसी एकतालाई मजबुत बनाउँछ : देउवा

पर्वहरूले आपसी एकतालाई मजबुत बनाउँछ : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख गरेका छन् ।

उनले हरेक पर्वहरुले नेपालीहरूबीच आपसी सहयोग, सदभाव र पारस्परिक एकतालाई मजबुत बनाउन सहयोग पुग्ने दृढता व्यक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस