Techie IT
×
गृहपृष्ठराजनीतिकार्कीको पक्षमा ४७ सांसदले गरे प्रदेश प्रमुखको कार्यालय पुगेर सनाखत

कार्कीको पक्षमा ४७ सांसदले गरे प्रदेश प्रमुखको कार्यालय पुगेर सनाखत


कोसी प्रदेशमा मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गरेका दुवै दलका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेर सनाखत गरेका छन् ।

 

काङ्ग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यले कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउन सनाखत गरेका हुन् ।

कोसीका प्रदेश प्रमुख खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।यसैगरी काठमाडौंमा गठबन्धनको निर्णयपछि माओवादी केन्द्रका इन्द्र आङ्वोले पनि दाबी पेस गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस