Techie IT
×
गृहपृष्ठराजनीतिभूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

 

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस