Techie IT
×
गृहपृष्ठराजनीतिभूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औँ बैठकलाई आज सम्बोधन गर्दै उनले मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए ।

उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस